PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सरकारलाई विमलेन्द्र निधिको प्रश्न: सहयोगका नाममा चिनियाँ सेना नेपाल आउन लागेको हो?



पहिलोपोस्ट

सरकारलाई विमलेन्द्र निधिको प्रश्न: सहयोगका नाममा चिनियाँ सेना नेपाल आउन लागेको हो?

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमालय क्षेत्र र सगरमाथामा चीनले आपत्तिजनक गतिविधि गरेको आरोप लगाएका छन्।

निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोकमा चीनले ३३ हेक्टर जमिन कब्जा गरेको, गोरखाको रुई गाउँ कब्जा गरेको आरोप समेत लगाएका छन्।

साथै पछिल्लो समय कोरोना महामारीमा सहयोग तथा चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल आउने समाचारहरु आएको र सरकारलाई चिनियाँ कम्युनिस्टले तालिम दिएको विषयमा सरकारसँग जवाफ समेत माग गरेका छन्। ट्वीटरमा उनले भनेका छन्, ‘सरकार जवाफ चाहियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell