PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

लकडाउनमा गाउँको खेतमा काम गर्दै अभिनेता नवाजुद्दीन सिद्दीकी



पहिलोपोस्ट

लकडाउनमा गाउँको खेतमा काम गर्दै अभिनेता नवाजुद्दीन सिद्दीकी

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकल खेतपानीमा व्यस्त छन्। कोरोना महामारीले लकडाउन हुँदा उनी सडकमार्गबाट उत्तर प्रदेशस्थित बुढाना गाउँ आएका थिए। लकडाउनमा उनको समय खेतमा वितिरहेको छ।

नवाजुद्दीनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफू खेतमा काम गरिरहेको जानकारी दिएका छन्। किसानजस्तै कपडा लगाएका छन्। उनले भिडियो क्याप्सनमा आजको काम सकियो भनेर लेखेका छन्।

नवाजुद्दीन पछिल्लो समय श्रीमतीले सम्बन्ध विच्छेद मागेपछि चर्चामा छन्।

View this post on Instagram

Done for the day !!!

A post shared by Nawazuddin Siddiqui (@nawazuddin._siddiqui) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell