PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

रुकुम घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा घम्साघम्सी

रुकुम घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा घम्साघम्सी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जना युवाको हत्या भएको घटनाको विरोधमा विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु काठमाडौंको माइतीघरमा विरोधमा उत्रिए।

प्रदर्शनमा उत्रिएकाहरु 'दलित मानव कहिले हुने?', जातीय विभेद अन्त्य गर, हत्यारालाई कारबाही गर,जस्ता नारा लेखिएका प्लेकार्ड बोक्दै बानेश्वरतिर अघि बढे। बबरमहलमा पुगेपछि प्रदर्शनकारीले मुख्य सडक रोज्न पुगेपछि भने प्रहरीले उनीहरुलाई रोके। यही प्रदर्शनकारी र प्रहरीको घम्साघम्सी परेको थियो। पछि प्रदर्शनकारी बायातर्फकै लेन हुँदै बानेश्वरसम्म पुगी प्रदर्शन गरेका थिए।    



ट्रेन्डिङ पोस्ट

Ncell