PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

आवश्यक केमिकल अभाव हुँदा वीरगंजको नारायणी अस्पतालमा पीसीआर परीक्षण बन्द



राधेश्याम पटेल

आवश्यक केमिकल अभाव हुँदा वीरगंजको नारायणी अस्पतालमा पीसीआर परीक्षण बन्द

वीरगंज : नारायणी अस्पताल वीरगंजमा सञ्चालित पीसीआर प्रयोगशालामा दुई दिनदेखि पीसीआर परिक्षण बन्द भएको छ। आवश्यक रसायनको अभावमा परीक्षणको काम बन्द भएको नारायणी अस्पतालस्थित पीसीआर ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकले बताइन्।

उनका अनुसार पीसीआर परीक्षणको लागि चाहिने रिएजेन्ट तथा एक्सट्र्याक्सन किटलगायत रसायनिक समाग्रीको अभावले सेवा बन्द गरिएको हो।

‘बेलाबेलामा केमिकलहरु अभाव भइरहेको छ, यस बारेमा प्रदेश २ को सामाजिक विकास मन्त्रालय र केन्द्र सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई लेखेर पठाएका छौँ’, उनले भनिन्, ‘सम्भवतः चाडै पठाइने छ भनी जानकारी पाएका छौँ, केमिकल आएपछि परीक्षण पुनः सञ्चालन गर्छौँ।’

उनले परीक्षण बन्द भएको अवस्थामा संकलन गरिएको स्वाब काठमाडौंको टेकु ल्याबमै पठाउने काम भइरहेको बताइन्। अहिले केमिकल अभावको कारण वीरगंज ल्याबमै करिब २५० वटा नमुनाको परीक्षणको नतिजा आउन बाँकी रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell