PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ओलम्पिक दिवस : कोरोनाले रोकिएको खेल अघि बढाउन सरोकारवालाको चासो



पहिलोपोस्ट

ओलम्पिक दिवस : कोरोनाले रोकिएको खेल अघि बढाउन सरोकारवालाको चासो

काठमाडौं : आज ओलम्पिक दिवस। कोरोना महामारी र लकडाउनका कारण ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले कुनै विशेष कार्यक्रम गरेन। कमिटी परिसरमा विरुवा रोपेर तथा भिडियो कन्फ्रेन्सद्वारा कमिटीले आज ओलम्पिक दिवस मनायो।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भिडियो कन्फ्रेन्समार्फत ओलम्पिक दिवसको शुभकामना दिए।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले ओलम्पिक दिवसको अवसरमा शुभकामना दिँदै विस्तारै खेलहरु अघि बढाउन थालेको बताए। उनले इन्डिभिज्वल खेलहरु अघि बढाएको दाबी गर्दै ग्रुप गेमहरु पनि बिस्तारै अघि बढाउने योजना रहेको बताए।

‘राखेपले खेलाडीको अवस्था हेरेर केही इन्डिभिज्वल खेल शुरु भएको छ। केही ग्रुप गेमका लागि पनि पत्र पठाइसकेको छ,’ सदस्यसचिव सिलवालले भने, ‘फुटबल अक्टोबर नोभेम्बरमा गर्नु छ। खेलाडी र प्रशिक्षक तयारी गर्नु छ। विभागीयलाई शुरु गर्न पनि भनेको छु। संघको पनि डब्लुएचओ र सरकारको मपदण्ड अनुसार फर्काउन चाहेको हो।’

युवा तथा खेलकुद मन्त्रालयका सचिव विवादबाट ओलम्पिक कमिटीमाथि उठेको खुशी व्यक्त गरे। त्यस्तै सम्बध्ध निकायहरुले समन्वय राम्रो बनाउनु पर्ने बताउँदै शुभकामना दिए।

त्यस्तै ओलम्पियन तथा तेक्वान्दो प्रशिक्षक दीपक विस्टले आजको दिन आफूहरुका लागि विशेष रहेको बताए।

‘ओलम्पियनका रुपमा आफूलाई गर्व लाग्छ। आजको दिनमा कसरी खेलकुदलाई अघि बढ्छ भन्ने चिन्ता छ।’ उनले भने।

कुस्ती संघका उपाध्यक्ष समिम मियाँ अन्सारीले ओलम्पिक कमिटीलाई कोभिडबाट संक्रमित खेलाडीहरुको तथ्यांक राख्न सुझाव दिए। साथै अभर परेका खेलाडीहरुलाई सहयोग गर्न र अब अगाडिका लागि स्पस्ट कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए।

भर्चुअल कन्फ्रेन्स ओलम्पिक कमिटीका सदस्यहरु, राखेप, खेलकुद मन्त्रालय, ओलम्पियन खेलाडी, पत्रकार लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell