PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन



पहिलोपोस्ट

'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन
PHOTO : Getty/Everett Collection

हलिउडको चर्चित फिल्म 'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको ८० वर्ष उमेर निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित शुमाकरले सोमवार न्युयोर्कमा अन्तिम श्‍वास लिए।

शुमाकरले 'ब्याटम्यान'का साथै 'सेन्ट एल्मोज फायर' र 'फलिंग डाउन' जस्ता फिल्मको पनि निर्देशन गरेका छन्।

कस्ट्युम डिजाइनरका रुपमा करियरको शुरुआत गरेका जोलले 'स्लीपर', 'इंटीरियर्स', 'द लास्ट अफ शीला', 'द प्रिजिनर अफ सेकंड ऐवेन्यू' र 'ब्लूमे इन लभ' जस्ता चर्चित हलिउड फिल्ममा कस्ट्युम डिजाइन गरेका छन्।

उनले सन् १९७४ को टेलिफिल्म 'किलर बीज' मा प्रोडक्शन डिजाइनरका रुपमा पनि काम गरेका थिए। शुमाकरले लेखकका रुपमा कैयौ फिल्म समेत लेखेका छन्।

सन् १९८१ को साइन्स फिक्सन फिल्म 'द इनक्रेडिबल श्रिंकिंग वुमन' उनको निर्देशनमा बनेको पहिलो फिल्म थियो। उनले 'फ्ललेस', 'डीसी क्याब', 'द लास्ट बोइज', 'फलिंग डाउन', 'द क्लायंट' र 'अ टाइम टू किल' जस्ता चर्चित फिल्मको निर्देशन गरेका छन्।

शुमाकरले जर्ज क्लुनी, अरनल्ड श्वजेनेगर, निकोल किडमैन, डेमी मूर र निकोलस केजजस्ता ठूला स्टारसँग काम गरेका छन्। हलिउडका ठूला कलाकारले उनको निधनमा दु:ख व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell