
काठमाडौः गण्डकी प्रदेशमा थप नयाँ कोरोना संक्रमणका बिरामी फेला परेका छन्।
विभिन्न ८ जिल्लामा गरेर ३२ जना थप व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। लमजुङ, पर्वत, स्याङ्जा,कास्की, गोरखा, बाग्लुङ, तनहँ र नवलपरासी पूर्वमा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
बाग्लुङको बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकमा १ जना गरेर ९ जनामा संक्रमण देखिएको छ। लमजुङ बेशिशहर नगरपालिका र मध्यनेपाल नगरपालिकामा कोरोना पोजेटिभका ५ जना विरामी फेला परेका हुन्। पर्वतको कुश्मा नगरपालिकमा एक जनामा संक्रमण भेटिएको हो।
पूर्वी नवलपरासीको गौडाकोटमा तीन जना महिलामा कोरोना देखिएको गण्डकी प्रदेशले जानकारी दिएको छ। पोखरा महानगरपालिका र मादी गाउँपालिका गरेर कास्कीमा ५ जनामा संक्रमण भेटिएको हो।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या ७ सय २९ पुगेको छ।