PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा



पहिलोपोस्ट

संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथलेटिक क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। क्याम्पनाउमा भएको खेलमा घरेलु टोलीले एथ्लेटिक क्लबलाई १-० ले पछिपर्दै शीर्षस्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा निर्णायक गोल गर्दै इभान राकेटिचले बार्सिलोनाको जित सुनिश्चित गरे। उनले लियोनेल मेस्सीको पासमा ७१ औं मिनेटमा गोल गरे।

जितसँगै बार्सिलोना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडदै शीर्षस्थानमा छ। त्यस्तै ३० खेल खेलेको रियल मड्रिड ६५ अंकसहित दोस्रो स्थानमा छ। रियलले आफ्नो ३१ औं खेल मालोर्कासँग खेल्नेछ।

त्यस्तै अंकतालिकामा एथ्लेटिको मड्रिड ५५ अंकसहित तेस्रो स्थानमा र सेभिया ५३ अंकसहित चौथो स्थानमा छन्। एथ्लेटिक क्लब भने ४२ अंकसहित १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell