PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भारतीय सीमाबाटै काठमाडौंसम्म बस! चर्को भाडा, लकडाउनको धज्जी



पहिलोपोस्ट

भारतीय सीमाबाटै काठमाडौंसम्म बस! चर्को भाडा, लकडाउनको धज्जी

काठमाडौं : सरकारले लकडाउनको मोडालिटी फेरेपछि अहिले सडकमा सबै प्रकारका सवारी साधन देख्न पाइन्छ। यद्यपि राजधानीका सडकमा ठूला सार्वजनिक सवारी भने देखिँदैनन्। सरकारले नचलाउनु भनेका ट्याक्सी चाहिँ खुले याम गुडेका छन्, सरकारी निर्देशिका लागू भएको छैन। तर प्रहरीले पनि कारबाही गर्न पनि छोडेको छैन। फाट्टफुट्ट कारवाही पनि भइरहेका छन्।

त्यति मात्र होइन अहिले त लकडाउनको समयमा काठमाडौँ बाहिर गएका मानिसलाई लिएर ठुला सार्वजनिक बस समेत भित्रिन थालेका छन्। यात्रुसँग महँगो भाडा लिएर बस काठमाडौँ छिर्ने गरेका हुन्। महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार यस्तै एउटा सवारी साधनलाई कारबाही गरेको छ।

बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ घर भएका चालक ३७ वर्षीय सूर्य किरण कर्मचार्यलाई नियन्त्रणमा समेत लिएको छ। नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २२८५ नम्बरको बसमा भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा पुर्‍याउन भन्दै जिल्ला प्रशासन बाँकेबाट जारी भएको पास बोकी नेपाल-भारत रुपेडिया नाकाबाट तीन जना यात्रुहरू समेत ल्याएको देखिएको छ। नेपालगन्जबाट ४ जना थप यात्रु राखेर काठमाडौं आएको भेटिएको हो।

'हामी यसरी आउने बसलाई छिर्न दिँदैनौँ। कारबाही हुन्छ। सार्वजनिक बसलाई यात्रु बोक्न अहिले सरकारले छुट दिएको छैन,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

त्यस्तै, प्रहरीको टोलीले कैलालीको गोदावरी नगरपालिका घर  भएका लोक बहादुर खत्रीले चलाएर कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बसलाई समेत कारबाही गरेको छ। बसलाई रोकी जाँच गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रुहरू भाडा असुल गरी आफ्नो सवारी साधनमा राखी आएको  खुलेको हो।

प्रहरीले केही दिनअघि झापा र नेपालगन्जबाट आएका चार वटा सार्वजनिक बसलाई समेत कारबाही गरेको छ। तर नागढुंगामा प्रहरीको चेकलाई प्रर्वाह नगरी ट्याक्सीहरू भने बाहिरी जिल्ला जाने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell