PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

इङलिस प्रिमियर लिग: टोटेनहमको जित, पराजयसँगै वेस्टह्यामलाई रेलिगेसनको भय



पहिलोपोस्ट

इङलिस प्रिमियर लिग: टोटेनहमको जित, पराजयसँगै वेस्टह्यामलाई रेलिगेसनको भय

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहमले वेस्टह्याम युनाइटेडमाथि २-० को जित निकालेको छ। घरेलु टोलीको जितमा एक गोल ह्यारी केनले गरे भने अर्को गोल आत्मघाती गोलबाट भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा वेस्टह्यामका मिडफिल्डर टोमन सोउसेकले आत्मघाती गोल गरेसँगै टोटेनहमले अग्रता बनाएको थियो। त्यस्तै ८२ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहमले २-० को जित सुनिश्चित गर्‍यो।

पछिल्ला ८ खेलहरुमा टोटेनहमको यो पहिलो जित हो।

जितसँगै टोटेनहम तालिकाको ४५ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ। उता वेस्ट ह्याम भने रेलिगेसनको भयमा छ। ३१ खेल खेलेर १७ औं स्थानमा रहेको वेस्टह्यामको २७ अंक छ जुन ३० खेल खेलेर १८ औं स्थानमा रहेको बर्नेमाउथकोसँग बराबर हो। त्यस्तै १९ औं स्थानमा रहेको एस्टोन भिल्लाको २६ अंक र पुछारमा रहेको नर्विचको २१ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell