PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भतिजीको कितावले ट्रम्पलाई तनाव, प्रकाशन नै रोक्ने प्रयास



पहिलोपोस्ट

भतिजीको कितावले ट्रम्पलाई तनाव, प्रकाशन नै रोक्ने प्रयास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले मेरी ट्रम्पले लेखेको पुस्तकमाथि तत्काल प्रतिवन्धको माग गरेको छ। राष्ट्रपति ट्रम्पकी भतिजी मेरीले 'टू मच एन्ड नेभर इनफ : हाउ माइ फेमेली क्रिएटेड दी वर्ल्ड मोस्ट डेन्जरस म्यान' शीर्षकको पुस्तक लेखेकी छिन् जसलाई सर्वसाधारणकहाँ पुग्नबाट रोक्न ट्रम्प परिवारलाई हम्मेहम्मे परिरहेको छ।

राष्ट्रपति ट्रम्पका कान्छा भाइ रोबर्ट एस ट्रम्पले क्विन्स काउन्टीको अदालतमा पुस्तक प्रकाशन रोकको माग गर्दै उजुरी गरेका छन्। साइमोन एन्ड सुस्टर कम्पनीले जुलाई २८ मा बजारमा ल्याउँदैछ। पुस्तकको शीर्षकले नै राष्ट्रपति ट्रम्पका विरुद्ध कडा प्रहार गरिएको अनुमान गर्न सकिन्छ।

मेरी ट्रम्पका वकिलले राष्ट्रपति ट्रम्प र उनका परिवारका अन्य सदस्यले पुस्तक प्रकाशनलाई दवावमा रोक्न खोजेको जानकारी दिएका छन्। पुस्तकमा ट्रम्पसँग जोडिएका सार्वजनिक महत्वका विषयहरु समावेश भएकाले उनीहरु दवावमा छन्। अमेरिकामा प्रकाशन पूर्वको प्रतिवन्ध गैरकानुनी भएको भन्दै उनले अदालतले अमेरिकी संविधानको पहिलो संशोधनविरुद्ध जान नसक्ने बताए।

प्रकाशक साइमोन एन्ड सुस्टरले पनि पुस्तक प्रकाशनको प्रतिरक्षा गरेका छन्।

ट्रम्पका सुरक्षा सल्लाहकारले हालै सार्वजनिक गरेको एक पुस्तकले उनको अक्षमतामाथि प्रश्न उठाएको छ जसलाई उनले रोक्न सकेनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell