PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मुत्यु : कोरोना नदेखिएपछि बल्ल उठाइयो शव



एम बम

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मुत्यु : कोरोना नदेखिएपछि बल्ल उठाइयो शव

कैलाली : कैलालीमा क्वारेन्टाइनबाट घर फर्काइएको दोस्रो दिन मृत्यु भएका लम्की चुहा नगरपालिकाका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

१३ दिन क्वारेन्टाइनमा बसेर आइतवार घर फर्किएका लम्कीचुहा नगरपालिका वडा ७ का ३६ वर्षीय युवकको सोमवार साँझ मृत्यु भएको थियो। लगत्तै उनको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो।

उनमा कोरोनाको संक्रमण नदेखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

रिपोर्ट नेगेटिभ आएपछि उनको शव झण्डै २७ घण्टापछि सडकबाट उठाइएको छ। आवश्यक कानूनी प्रक्रिया पुर्‍याएर उनको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell