
काठमाडौं : प्रहरीको नाम लिएर मानिसको व्यक्तिगत विवरण माग्ने गरेको गुनासो आउन थालेपछि प्रहरीले सबैलाई सचेत हुन आग्रह गरेको छ। महानगरीय अपराध महाशाखाले प्रहरीको नाम लिएर फेसबुकको आइडीदेखि अन्य विवरण माग्ने गरेको उजुरी बढेको जानकारी दिएको छ।
लकडाउनको समयमा केही समूहले विभिन्न व्यक्तिको घरको ल्यान्ड लाइन नम्बर पत्ता लगाएर व्यक्तिगत विवरण माग्ने गरेका छन्। प्रहरीको साइबर शाखाको मानिस भएको भन्दै तपाइको फेसबुक ह्याक भएकाले आइडी तथा अन्य विवरण दिनु भन्दै माग्ने गरेको प्रहरीले जानकारी दिएको छ।
नजानेको व्यक्तिलाई फोनकै भरमा विवरण नदिइन प्रहरीले अनुरोध गरेको छ। त्यस्तै भाइवर, ह्वाटसेव लाई सामाजिक सञ्जालको माध्यमबाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने गिरोह सक्रिय भएकाले सचेत बन्न अनुरोध गरेको छ।