PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भारतले कोरोनाबाट मृत्यु हुने दर रोक्न सकेन, एकै दिन ४ सय ६६ मृत्युको रेकर्ड



पहिलोपोस्ट

भारतले कोरोनाबाट मृत्यु हुने दर रोक्न सकेन, एकै दिन ४ सय ६६ मृत्युको रेकर्ड

एकै दिन ४ सय ६६ जनाको मृत्यु र १५ हजार ६ सय संक्रमण। कोरोनाको कहरमा भारतको हाल बेहाल भइरहेको छ। मंगलवार रेकर्ड भएको यस तथ्याङ्कले भारतमा संक्रमण नियन्त्रणका प्रयास विफलमात्र होइन, भविष्यको जोखिम पनि कुन रफ्तारमा बढिरहेको छ भन्ने आँकलन गराउँछ।

पछिल्लो सात दिनमा भारतमा १ लाख भन्दा बढी संक्रमित थपिएका छन्। भारतमा संक्रमितको संख्या अहिले ४ लाख ५५ हजार पुगेको छ। पछिल्लो एक साता हरेक दिन ‍औषतमा १४ हजार ६ सय नयाँ संक्रमित थपिएका हुन्। र, यही सात दिनमा २५ सय ४१ मानसले ज्यान गुमाएका छन्। भारतमा अहिलेस्म १४ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ।

भारतको राजधानी दिल्लीमा ३ हजार ९ सय ४७ नयाँ संक्रमित भेटिएका छन् जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। मंगलवार महाराष्ट्रमा ३ हजार २ सय १४ नयाँ संक्रमित भेटिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell