PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कोरोना रोकथाममा खर्चेको ९३ करोडको हिसाब माग्दै प्रतिपक्षी दलद्वारा सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध



एम बम

कोरोना रोकथाममा खर्चेको ९३ करोडको हिसाब माग्दै प्रतिपक्षी दलद्वारा सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध

कैलाली : प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको वैठक अवरुद्ध भएको छ। प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले आज बैठक सुरु हुने वित्तिकै उठेर विरोध जनाएका थिए।

सभामुख अर्जुन थापाले प्रतिपक्षीका तर्फबाट एक जना सांसदलाई बोल्न समय दिए पछि नेपाली कांग्रेस संसदीय दलका नेता डा. राणबहादुर रावलले धारणा राखेका थिए। संसदमा आफ्नो धारण राख्नै उनले प्रदेश सरकारले कोरोना नियन्त्रणमा ५७ करोड खर्च भएको रकमको पूर्ण हिसाककिताब देखाउनुपर्ने बताए। साथै कोरोना नियन्त्रणमा केन्द्र सरकारबाट आएको ३६ करोड रकमको समेत हिसाब उनले माग गरेका छन्। ‘जबसम्म ५७ करोड र २६ करोडको हिसाब आउँदैन तबसम्म सदन चल्न नदिने कुरा अवगत गराउन चाहन्छु,’ उनले भने। सरकारकै लापरवाहीले सुदूरपश्चिममा कोरोनाको संक्रमण दर भयावह बन्न थालेको प्रतिपक्षीको आरोप छ। बजेटमा भ्रष्टाचार भएको तर उपलब्धी शून्य सरह नै रहेको उनीहरुको आरोप छ।

उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७७/७८ का लागि ल्याइएको बजेट माथि छलफल सुरु हुने कार्यसूची रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell