PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

सेती प्रादेशिक अस्पतालमा डायलासिसको पर्खाइमा रहेका बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट कुर्दै



एम बम

सेती प्रादेशिक अस्पतालमा डायलासिसको पर्खाइमा रहेका बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट कुर्दै

कैलाली : सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका वडा ३ का ४७ बर्षीय पुरुषको मृत्यु भएको हो।

उनी डायलासिस गराउन अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार उनको मंगलवार साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले डायलासिस गराउनुपर्ने जानकारी आएपछि स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको बताए।

यस अघि सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा धनगढीकी एक महिलामाा मृत्युपछि कोरोना पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell