PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

यसै साता खुल्दै न्यूजिल्यान्डका सिनेमा घरहरु, 'गोलमाल अगेन' पुन: प्रदर्शन हुने पहिलो हिन्दी फिल्म



पहिलोपोस्ट

यसै साता खुल्दै न्यूजिल्यान्डका सिनेमा घरहरु, 'गोलमाल अगेन' पुन: प्रदर्शन हुने पहिलो हिन्दी फिल्म

बलिउड फिल्म 'गोलमाल अगेन' न्यूजिल्यान्डमा पुन: प्रदर्शन हुने भएको छ। गत साता कोरोना भाइरस मुक्त घोषणा भएको न्यूजिल्यान्डका सिनेमा घरहरु जुन २५ देखि सञ्चालनमा आउने छन्। त्यहाँ लकडाउन पछि पुन: प्रदर्शन हुनेमा 'गोलमाल अगेन' पहिलो हिन्‍दी सिनेमा बन्नेछ।

निर्देशक रोहित सेट्टीले आफ्नो सामाजिक सञ्जालहरुमार्फत् यस बारे जानकारी दिएका हुन्। लेखेका छन्,'न्यूजिल्यान्डले गोलमाल अगेन प्रदर्शनको निर्णय गरेको छ। लकडाउन पछि पुन: प्रदर्शनमा आउने यो पहिलो हिन्दी सिनेमा बन्नेछ।'

विहीवारदेखि त्यहाँका सिनेमा हलहरुमा उक्त फिल्म देखाइने रिलायन्स इन्टर्टेन्मेन्टले पनि जनाएको छ। रिलायन्सले यस खबरले फिल्म क्षेत्रको नयाँ सुरुवातको संकेत गर्ने उल्लेख गरेको छ। 

'गोलमाल'को चौंथो संस्करण रहेको फिल्ममा अजय देवगण, सर्सद वर्सी, तुशार कपुर, कुनाल खेमु, श्रेयस तालपडे, परीणिती चोपडा, जोनी लिभर, प्रकाश राज लगायत कलाकारको अभिनय रहेको छ।

भारतमा भने सिनेमा क्षेत्र अझै ठप्प छ। प्रतीक्षारत् '८३', 'सूर्यवंशी' लगायत फिल्म प्रदर्शन रोकिएको छ। केही निर्माताले भने डिजिटल प्ल्याटफर्ममार्फत् फिल्म रिलिज गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell