वीरगंज : पर्साको वीरगंज–२६ सुगौलीविर्ताका ४५ वर्षिय युवकको हत्या प्रयास भएको छ। आज विहान ५ बजेको समयमा घाँटी रेटेर उनको हत्या प्रयास गरिएको पर्सा प्रहरीले जनाएको छ।
धारिलो हतियारले घाँटी रेटेर उनलाई रगताम्य अवस्थामा सुगौली टोलकै पश्चिममा रहेको अवधेश नामको एक जनाको पोखरीको डिलमा रहेको खेतमा फालिएको अवस्थामा उनलाई फेला पारेपछि उनको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा वीरगंजमा उपचार भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
प्रहरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको र उनको घाँटीमा देखिएको ४ इन्चको घाउलाई शल्यक्रिया गरिएको छ। घाँटी रेटेर खेतमा फालेको अवस्थामा स्थानीयले शौच गर्न जाँदा उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनको हत्याको प्रयासको घटनामा प्रहरीले निजकी श्रीमतीलाई सोधपुछको लागि हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मनोजित कुवँरले जानकारी दिए। ‘घटनाबारे हामीले अनुसन्धान गरिरहेका छौ, घाइते ठिक हुँदैछन्, निजकी श्रीमतीलाई सोधपुछको लागि ल्याएका छौं,’ उनले भने, ‘घटनाको विस्तृत जानकारी आउन केही समय लाग्ने छ।’