PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



पी बी खड्का

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सुर्खेतका १३, दैलेखका ३, जुम्लाका ४, जाजरकोट, कालिकोट, दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ, उदयपुरका एक/एक जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो।

सुर्खेतका संक्रमितमध्ये चौकुने गाउँपालिकाका ६ जना, पञ्चपुरी नगरपालिकाका ५ जना, गुर्भाकोट र भेरीगंगा नगरपालिकाका एक/एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

मन्त्रालयका अनुसार दैलेखका संक्रमितमध्ये भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र ठाँटीकाध गाउँपालिकामा एक/एक जनामा संक्रमण देखिएको हो।

जुम्लाको चन्दननाथ नगरपालिकाका ३ र सिंजा गाउँपालिकाका एक जना गरी ४ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, दाङ र धनुषाका संक्रमित प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण भएको हो भने जुम्ला, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको हो।

कर्णाली प्रदेशमा परीक्षण गरी पुष्टि भएको संख्या एक हजार तीन सय ३५ पुगेको छ।

यस्तै, आज विभिन्न स्थानबाट गरी ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा दैलेखको भगवतीमाई आइसोलेसन सेन्टरबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, गुटु आइसोलेसन सेन्टर सुर्खेत, सालकोट आइसोलेसन सेन्टर सुर्खेत र कोटडाँडा आइसोलेसन सेन्टर, मुगुबाट एक/एक जना  निको भएर डिस्चार्ज भएका हुन्। कर्णालीमा डिस्चार्ज हुनेको संख्या पाँच सय ६८ पुगेको छ।

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell