PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

राजेश हमालको प्रश्न: विदेशमा रहेका नेपाली किन भए पराया? प्रेम र स्नेहको हार भएकै हो?



पहिलोपोस्ट

राजेश हमालको प्रश्न: विदेशमा रहेका नेपाली किन भए पराया? प्रेम र स्नेहको हार भएकै हो?

महानायक राजेश हमालले विदेशबाट आएका नेपाली नागरिकलाई स्वागत गर्न आह्वान गरेका छन्।

युनिसेफको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै हमालले कोरोना भाइरसको महामारीमा दिनहुँ घर फर्किरहेका नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीलाई नमस्तेसहित न्यानो स्वागत गर्न आह्वान गरेका हुन्।

अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौं नागरिकहरु सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेको भन्दै हमालले उनीहरु कसैको आमाबुवा, श्रीमानश्रीमती, छोराछोरी भएको भन्दै जे भए पनि पराया नभएको उल्लेख गरे। ‘तर जब आयो अनायास त्रास कोरोनाको, किन भए उनीहरु पराया झै एकछिनमै? के यसैलाई भनिन्छ परिवार? मानेकै हो हामीले प्रेम र स्नेहको हार?’ हमालले प्रश्न गरेका छन्।

युनिलिभरसँगको सहकार्यमा गरिएको यस अभियानका बारेमा बोल्दै हमालले यो ऐक्यबद्धताको लागि जुट्जे समय भएको भन्दै स्वदेश फर्किरहेका आप्रवासी कामदारहरुको पक्षमा एकजुट भई उनीहरुको हौसला बढाउन अनुरोध समेत गरेका छन्।

हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबैनिहरू आफ्नो घर फर्किदैछन्।अाउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ । कृपया यो सन्देश सबैले Share गरौ #HamroNamaste कासाथ।

Posted by Rajesh Hamal on Tuesday, June 23, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell