PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

अमेरिकाले सेनालाई दियो ५ करोडभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री



पहिलोपोस्ट

अमेरिकाले सेनालाई दियो ५ करोडभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री

काठमाडौं: संयुक्त राज्य अमेरिकाले साढे ५ करोड बराबरको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छ।

बुधवार अमेरिकी राजदूत र्‍यान्डी बेरी सैनिक मुख्यालय जंगी अड्डा पुगेर ४ लाख ५० हजार अमेरिकी डलर अर्थात ५ करोड ४२ लाख ८६ हजार ६५० रुपैयाँको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना'को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको हो।

सहयोगका लागि प्रधानसेनापति थापाले अमेरिकी राजदूतलाई धन्यवाद दिएका दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell