PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रात्रिभोजका लागि शीर्ष नेताहरु शीतल निवासमा, राष्ट्रपतिको कार्यालयको दाबी, 'भोजको कार्यक्रम छैन'



प्रकाश भण्डारी

रात्रिभोजका लागि शीर्ष नेताहरु शीतल निवासमा, राष्ट्रपतिको कार्यालयको दाबी, 'भोजको कार्यक्रम छैन'
फाइल फोटो

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको रात्रिभोजमा सहभागी हुन विभिन्न दलका नेताहरु शीतल निवास पुगेका छन्। भोजमा सहभागी हुन नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड शीतल निवास भर्खरै पुगेका हुन्।

यस्तै पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराई पनि शीतल निवास पुगेका छन्।

भण्डारीले भेटघाटका लागि भन्दै आज पूर्व प्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई डाकेकी हुन्।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई राष्ट्रपतिले भेटघाटका लागि बोलाएकी छन्।

पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायत संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई राष्ट्रपतिले डाकेको अधिकारीले जानकारी दिए। लामो समयदेखि भेटघाट गर्ने भन्ने तय भएको भएपनि भेटघाट अवसर नजुरेकाले अहिले राष्ट्रपतिले सामान्य भेटघाटका लागि बोलाएको उनले बताए।

के विषयमा छलफल हुने भन्ने केही यकिन नभएको उनको भनाई छ। राष्ट्रपतिले समान्य भेटघाटका लागि मात्रै बोलाएको उनको भनाई छ। सामान्य भेटघाट भनिए पनि रात्रिभोजकै आयोजना गरिएको स्रोतले बतायो। 'राष्ट्रपतिले रात्रि भोजकै लागि बलाएको हो। विषय त समसायमिक नै भनेर भनिएको छ,' स्रोतले भन्यो।

तर अधिकारीले भने भोजको ब्यवस्था नभएको दावी गरे। उनले भने, 'चियासम्मको ब्यवस्था हुन्छ कि। अरु ब्यवस्था गर्ने भन्ने कार्यक्रम छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell