
वीरगंज : प्रदेश नम्बर २ का ५ जिल्लामा बुधवार १०३ जना नयाँ संक्रमित थपिएका छन्। जसमा २१ जना महिला र ८२ जना पुरुष रहेका छन्। योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ३ हजार २ सय पुगेको प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ।
बुधवार अपरान्ह ४ बजेसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रौतहटमा ४४, सर्लाहीमा २१, महोत्तरीमा १२, धनुषामा २० र सप्तरीमा ६ गरी कुल १०३ जना थपिएका हुन्।
रौतहटका संक्रमितमध्ये लक्ष्मीनियाँका २२र ईशनाथका २२ जना रहेका छन्। त्यस्तै सर्लाहीको हरिपुरवामा १, विष्णु गापामा २०, महोत्तरीको गौशालामा ५, लोहारपट्टिमा २, मानरा सिस्वा नगरपालिकामा ५ गरी कुल १२ जना, धनुषाको मिथिलामा ११, नगराइनमा ७, बटेश्वर तापामा २ गरी कुल २० जना संक्रमण देखिएको छ।
यसैगरी, सप्तरीको बोदेबसाइन नपामा ४, बिहुलबलान गाउँपालिकामा २ गरी ६ जना संक्रमित भेटिएका छ।