PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोरोना भाइरसको पछिल्लो अपडेट : सुदूरपश्चिम प्रदेशमा ३२० संक्रमित थपिँदा उपत्यकामा थपिए २ जना



विधुर ढकाल

कोरोना भाइरसको पछिल्लो अपडेट : सुदूरपश्चिम प्रदेशमा ३२० संक्रमित थपिँदा उपत्यकामा थपिए २ जना

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६२९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १० हजार ७२८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

बुधवार पुष्टि भएका संक्रमितमध्ये कोशी अस्पताल प्रयोशालामा सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ। विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा झापाका १० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रादेशिक प्रयोशाला विराटनगरमा झापा र मोरङका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को गजेन्द्र नारायण सिहं अस्पताल राजविराजको प्रयोगशालामा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ कै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा सुदूरपश्चिम प्रदेशको अछामका १०, बैतडीका ४, बाजुराका ७, डोटीका ४८, कञ्चनपुरका ८५, कैलाली ४८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, गण्डकी प्रदेशको पर्वतका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। प्रदेश २ को रौतहटका ४४ र सर्लाहीका २० जनामा पनि जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकमा धादिङका २ र काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पताल प्रयोगशालामा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। 

भरतपुर अस्पताल प्रयोगशामा चितवनका १ र गण्डकी प्रदेशको तनहुँका १ र नवलपरासी पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको छ। 

हेटौंडा प्रयोगशालामा गण्डकी प्रदेशको नवलपरासी पूर्वकै २ जनामा संक्रमण पुष्टि भएको छ। हेटौंडामै गरिएको परीक्षणमा प्रदेश ५ को पाल्पा जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएको छ। 

वीर अस्पतालको प्रयोगशालामा अछामका १३ जनामा संक्रमण पुष्टि भएको छ। 

पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३, कास्कीका ७, बाग्लुङका ९ र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, पर्वतका १ र स्याङजाका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ को प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५ तथा कपिलवस्तु, पाल्पा र रुपन्देहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा प्रदेश ५ कै बाँके ९ र बर्दियाका १ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश ५ कै दाङमा बुधवार सबै भन्दा बढी ७६ जनामा संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ७६ जनासँगै प्यूठानका १० जनामा पनि संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रयोगशालामा जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पताल प्रयोगशालामा कैलालीका १०३ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीका २९ महिला र ७४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै बाजुरा र कञ्चनपुरका एक/एक जनाम पनि संक्रमण पुष्टि भएको छ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये ११० महिला र ५१९ जना पुरुष रहेका छन्। हालसम्म नेपालमा २ हजार ३३८ जनाको उपचार पछि डिस्चार्ज भएको छ।

बुधवार थपिएकामध्ये सबै भन्दा बढी सुदूरपश्चिमका जिल्लाहरुमा ३२० जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी कैलालीमा १५१ जना संक्रमित थपिएका छन्। कञ्चनपुरमा ८६ जना छन्।

वाग्मती प्रदेशमा ५ जना नयाँ संक्रमित थपिएका छन्।

प्रदेश १ मा संक्रमित-१३

 

प्रदेश २ मा थपिएका संक्रमित

 

वाग्मती प्रदेशमा थपिएका संक्रमित

 

गण्डकीमा थप भएका संक्रमित

 


प्रदेश ५ मा थप भएका संक्रमित

 

कर्णाली प्रदेशमा थपिएका संक्रमित

 

सुदूरपश्चिममा थपिएका संक्रमित

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell