PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जनार्दन शर्माले भने, ‘कोरोना महामारीका बेला समेत बैठक बसेर निर्णय गर्न नसक्ने सचिवालय खारेज गरौँ’



पहिलोपोस्ट

जनार्दन शर्माले भने, ‘कोरोना महामारीका बेला समेत बैठक बसेर निर्णय गर्न नसक्ने सचिवालय खारेज गरौँ’
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीको केन्द्रीय सचिवालय खारेजीको माग गरेका छन्। बुधवारबाट शुरु भएको स्थायी कमिटी बैठकमा एजेन्डाका विषयमा जनार्दनले सचिवालय खारेजीको माग गरेका हुन्।

उनले कोरोना महामारीका बेला समेत सचिवालयको भूमिका नदेखिएको भन्दै आपत्ति जनाएका थिए।

‘कोरोनाको महामारी छ। सरकारको काम केही देखिएको छैन। यस्तो अवस्थामा तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने निकाय सचिवालय हो तर यसको भूमिका देखिएको छैन, यस्तो अवस्थामा किन सचिवालय राख्नुपर्‍यो? खारेज गरौँ,’ उनले बैठकमा भनेका थिए।

अन्य केही स्थायी कमिटी सदस्यहरुले पनि ऐजेन्डाका विषयमा कुरा उठाएका थिए। नेकपा बैठकमा ७ ऐजेन्डा प्रस्तुत गरिएको छ। सो ऐजेन्डामा १२ गते बस्ने बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell