PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

अदालतको अपहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ, दियो प्रतिनिधि पठाउने सुविधा



पहिलोपोस्ट

अदालतको अपहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ, दियो प्रतिनिधि पठाउने सुविधा

काठमाडौँः कोभिड –१९ जोखिम न्यूनीकरणका समयमा सर्वोच्च अदालतबाट भएका विभिन्न आदेश पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर मुद्दामा सर्वोच्चले जवाफ माग गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोभिड जोखिम न्यूनीकरणबारे भएका वैशाख ५ गते समेतका सात अन्तरिम आदेश कार्यान्वयनको अवस्थाबारे पनि अदालतले जानकारी मागेको छ। 

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माद्वारा दायर मुद्दामा अदालतले प्रधानमन्त्रीलाई आदेश अवज्ञा गरेकोमा कारबाही किन नहुनुपर्ने भन्नेमा जवाफ माग गरेको हो। १५ दिनभित्र आफैँ वा कानुनी प्रतिनिधिबाट जवाफ पठाउन आदेशमा भनिएको छ।  

कोभिडको समयमा नागरिकका सम्मानपूर्वक बाँच्न पाउने हक, स्वास्थ्य सेवाको उपलब्धता, विदेशबाट फर्कन चाहनेको उद्दार, सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने लगायतका आदेश सर्वोच्चले यसबीचमा गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell