PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्थायी कमिटी बैठकमा ओलीले सम्बोधन गर्दैगर्दा माधवकुमार नेपाल बोलेपछि..



कुञ्जरमणि भट्टराई

स्थायी कमिटी बैठकमा ओलीले सम्बोधन गर्दैगर्दा माधवकुमार नेपाल बोलेपछि..

काठमाडौं : बुधवार  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को  स्थायी कमिटी बैठक बस्यो। प्रधानमन्त्री निवास वालुवाटारमा भएको  बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच घोचपेच भएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा नेता नेपाल बिच्चैमा बोलेका थिए।

बैठकमा सरकारले गरेका कामको विषयमा प्रधानमन्त्रीले धारणा राख्दै दुई अध्यक्षका कारण पार्टी र सरकार यहाँसम्म आएको दाबी गरेका थिए।

'पार्टी एकता जस्तो महत्वपूर्ण काम सम्पन्न भयो। यसमा नेतृत्वले जोखिम मोलेर निर्णय गर्‍यो। त्यसको परिणाम स्वरुप पार्टीले चुनावमा बहुमत प्राप्त गर्यो। यसको सम्पूर्ण जस पार्टी नेतृत्वमा जाने रहेछ, ओलीको भनाइ उद्त गर्दै एक नेताले भने।

ओलीले आफ्नो धारणा राख्दै गर्दा नेता नेपालले भने अरु नेताहरुलाई पनि भूल्न नहुने भन्दै आफ्नो मत व्यक्त गरे।

'पार्टी एकता तपाईहरुले मात्र गरेको होइन होला। यसमा अरु नेताहरुको पनि योगदान थियो। यी सबै कामको जस अरुलाई पनि जान्छ। अरुले गरेका काम चाहिँ नदेख्ने ?’ नेता नेपालले प्रधानमन्त्री बोल्दाबोल्दै प्रश्न गरे।

आफू बोलिरहेको बेलामा बीचमा बोलेपछि ओलीले नेपाललाई आफ्नै पालोमा मात्रै बोल्न भन्दै कटाक्ष गरेका थिए। त्यसपछि स्थायी कमिटी बैठकमा केही रमाइलो माहोल सिर्जना भएको एक सदस्यले बताए।

 संवोधनका क्रममा ओलीले सरकारबाट राम्रो काम भइरहेको भन्दै बचाउ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell