PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

चीनले नेपालको ६४ हेक्टरभन्दा बढी भूमि मिचेको भन्दै कांग्रेसका तीन सांसदले दर्ता गराए संकल्प प्रस्ताव



पहिलोपोस्ट

चीनले नेपालको ६४ हेक्टरभन्दा बढी भूमि मिचेको भन्दै कांग्रेसका तीन सांसदले दर्ता गराए संकल्प प्रस्ताव

काठमाडौँः उत्तरी छिमेकी चीनले नेपालको ६४ हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको भन्दै फिर्ताका लागि सरकारलाई निर्देशन दिन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।

नेपालको अद्यावधिक नक्सा अनुसार नेपाल र चीनबीचको एक हजार ४१४ किलोमटिर सीमामध्येमा ९८ वटा सीमा स्तम्भ हराएको र केही स्थानमा नेपाली भूभागमा सारिएको दाबी प्रस्तावमा गरिएको छ। दोलखा, हुम्ला, सिनधुपाल्चोक, संखुवासभा, गोरखा र रसुवामा ८४ हेक्टरभन्दा बढी भूभाग मिचिएको दाबी प्रस्तावमा गरिएको छ।

कांग्रेस सांसदहरु देवेन्द्रराज कण्डेल, सत्यरानारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार उक्त प्रस्ताव दर्ता गरेका हुन्।

अतिक्रमणमा परेको भूभाग कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउने पहलका लागि सरकारलाई निर्देशन गर्न प्रस्तावमा माग गरिएको छ। दर्ता प्रस्ताव विभागीय मन्त्रीको परामर्शपछि मात्र सभामुखले छलफलको समय तोक्न सक्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell