PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

संविधान संशोधनमा राष्ट्रिय एकता देखाएकोमा दलहरुलाई राष्ट्रपतिको धन्यवाद



पहिलोपोस्ट

संविधान संशोधनमा राष्ट्रिय एकता देखाएकोमा दलहरुलाई राष्ट्रपतिको धन्यवाद

काठमाडौँः नेपालको अद्यावधिक नक्सा अनुसार संविधान संशोधनका क्रममा दलहरुले देखाएको राष्ट्रिय एकतालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका नेताहरुलाई धन्यवाद दिएकी छन्। बुधबार साँझ शीतल निवासमा सबै नेताहरुलाई सामूहिक रुपमा आमन्त्रण गरेर भण्डारीले धन्यवाद दिएकी हुन्।

नयाँ नक्सा जारीमा राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दलका नेताहरुलाई राष्ट्रपतिले धन्यवाद दिएको स्वकीय सचिव भेषराज अधिकारीले बताए।  'नयाँ नक्सा जारी भएकोमा धन्यवाद दिनुभयो', उनले भने।

राष्ट्रपतिसँगको सामूहिक भेटमा प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लागायतका नेताहरु थिए। यस्तै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई पनि बोलाइएको थियो।

करिब एक घण्टाको छलफलमा राष्ट्रपतिले सबै नेताहरुलाई चिया खुवाएर बिदाई गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell