PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेविसंघको तालाबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्यप्रति त्रिभुवन विश्वविद्यालयद्वारा निन्दा



रासस

नेविसंघको तालाबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्यप्रति त्रिभुवन विश्वविद्यालयद्वारा निन्दा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बुधवार दिउँसो नेपाल विद्यार्थी संघका नाममा पदाधिकारीलाई भेट्न आएका केही विद्यार्थीले अनायास कार्यालयमा तालाबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्य गरेको जनाउँदै घटनाप्रति खेद व्यक्त गरेको छ।

लकडाउनका समयमा पनि विद्यार्थीको पठनपाठन र शैक्षिक माग सम्बोधन गर्न विश्वविद्यालय सकारात्मक रहेको स्थितिमा यस्तो कार्य भएकामा त्रिविको गम्भीर ध्यानार्कण भएको जनाएको हो।

त्रिविका प्रवक्ता सूर्यप्रसाद अधिकारीद्वारा बुधवार जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट हरेक समस्याको समाधान गर्न त्रिवि विश्वस्त रहेको उल्लेख गर्दै त्यस प्रकारका अराजक गतिविधिले विश्वविद्यालयको गरिमामा गम्भीर क्षति हुनसक्ने भएकाले यस्ता गल्ती पुनः नदोहोर्‍याउन पनि आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell