PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालयमा सञ्चालनमा आयो पीसीआर मेसिन



रासस

दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालयमा सञ्चालनमा आयो पीसीआर मेसिन

दैलेख : कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामै पीसीआर मेसिन जडान गरेर औपचारिक रुपमा पीसीआर जाँच गर्ने काम शुरु गरिएको छ। काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पीसीआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरे।

दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ। प्रयोगशाला भवन र पीसीआर मेसिनको एकै पटक उद्घाटन गरिएको हो।

सो अवसरमा राज्यमन्त्री नवराज रावतले कर्णालीका तीन वटै यन्त्र सञ्चालनमा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिए। राज्यमन्त्री रावतले पीसीआर जाँचका लागि आवश्यक पर्ने जनशक्तिका लागि तत्काल टेकु अस्पतालमा ताली प्रदान भइरहेकाले दैलेखबाट पनि तालीममा पठाउन आग्रह गरे।

संघीय सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको एक करोड ६ लाख रुपैयाँबाट यन्त्र खरिद गरिएको नेपालको पहिलो उदाहरण भएको जिकिर गर्दै यन्त्रको प्रभावकारी सञ्चालनका लागि दैलेखका सबै स्थानीय तह, केन्द्र र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell