
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ। स्टेडियो अलफ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले मालोर्कालाई २-० ले हराएको हो।
मड्रिडको जितमा सर्जियो रामोस र भिनिसियस जुनियरले गोल गरे। खेलको १९ औं मिनेटमै लुका मोड्रिचको पासमा भिनिसियस जुनियरले मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको मड्रिडका लागि दोस्रो हाफमा रामोसले अर्को गोल थपे। उनले ५६ औं मिनेटमा अर्को गोल थप्दा रियल शीर्षस्थानमा उक्लिएको हो।
३१ खेलबाट ६८ अंक जोडेको रियल मड्रिडसँगै बार्सिलोना पनि समान ३१ खेलमा ६८ अंक नै जोडेर दोस्रो स्थानमा छ। हेड टु हेडका आधारमा रियल अगाडि छ। अर्कोतर्फ गएराति भएको खेलमा पराजय भोगेसँगै मालोर्का रेलिगेसन जोनमा छ। २६ अंक जोडेको मालोर्का १८ औं स्थानमा छ। जबकी २५ र २४ अंक जोडेका लेगेनास र स्पानोयल क्रमश १९ औं र २० औं स्थानमा छन्।