PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ५३



पहिलोपोस्ट

म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ५३

काठमाडौः गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण भेटिएको छ।

प्रदेशका चार जिल्लामा गरेर ११ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। म्याग्दीमा ६ जना, स्याङ्जामा १ जना, बाग्लुङ्मा २ जना र पूर्वी नवलपरासीमा २ जनामा कोरोना देखिएको हो।

पूर्वी नवलपरासी बाहेक अन्य जिल्लाका सङ्क्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डाक्टर शर्माले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ५३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell