PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कर्णालीमा स्थानीय तहको बजेट : स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा



पी बी खड्का

कर्णालीमा स्थानीय तहको बजेट : स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

सुर्खेत : कर्णाली प्रदेशका स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई मजबुत बनाउन स्वास्थ्य, कृषि तथा रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/०८८को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले सभामा पेश गरेको निति तथा कार्याक्रममलाई कार्यान्वयन गर्न एक अर्ब ४२ करोड ९९ लाख बढी बजेट सभामा पेश गरेको छ।

चालु तर्फ ९० करोड ४० लाख १४ हजार विनियोजन गरेको छ भने, पूँजीगततर्फ ५१ करोड ६७ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, दोस्रो ठुलो नगरपालिका भेरीगंगा नगरपालिकाले जम्मा ६२ करोड ८८ लाख ६५ हजार बराबरको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको छ।

त्यस्तै, लेकबेशी नगरपालिका सुर्खेतले पनि ६० करोड ४० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। सुर्खेतका सबै पालिकाहरुले कोरोना नियन्त्रणलाईलाई जोड दिएका छन् भने, कृषि र रोजगारी सिर्जनालाई पनि प्राथमिकतामा राखेका छन्। सल्यानको सारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९९ लाख, १२ हजार ५ सय १० बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ २७ करोड र पुजिगत तर्फ २२ करोड बजेट बिनियोजन गरेको छ। नगरपालिकाले कारोना भाईरस संक्रमणलाई प्राथामिकता राखेर स्वास्थ्य तर्फ २ करोडको बजेट विनियोजन गरेको छ।

यस्तै, खार्पुनाथ गाउँपालिका हुम्लाले स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर झण्डै ३५ करोड ३८ लाख ८० हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको छ। रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ७० करोड ३६ लाख ६८ हजार १ सय ६५ रुपैंया बराबरको बजेट पेश गरेको छ।  रुकुम पश्चिमकै चौरजहारी नगरपालिकाले ४९ करोड २० लाख ९२ हजार ४ सय ७० रुपैंयाँ बराबरको बजेट पेश गरेको छ। स्थानीय तह सवैले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जोड दिएका छन्। यसअघिको बजेटमा कर्णाली प्रदेश सरकारले पनि स्वास्थ्य र कृषि तथा रोजगारीलाई प्राथमिकतामा राखेको थियो भने, स्थानीय पालिकाहरुले पनि यिनै क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell