PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

विप्लव समूह विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष पक्राउ



पहिलोपोस्ट

विप्लव समूह विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधवार साँझ अखिल क्रान्तिकारी विद्यार्थी संगठन ललितपुरका जिल्ला उपाध्यक्ष निगम भन्ने नरेन्द्रबहादुर भण्डारीलाई पक्राउ गरेको हो।

उनलाई राज्यविरुद्ध द्वेष फैलाउने किसिमले विप्लव समूहसँग सम्बन्धित पर्चा पम्प्लेटहरु टाँस्ने, सोही समूहमा आबद्ध हुनुपर्छ भन्दै स्थानीयलाई डरत्रास देखाएको आरोप प्रहरीले लगाएको छ।

ललितपुर बालकुमारीबाट पक्राउ परेका भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell