PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानेचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई हराएको छ। ओल्डट्राफोर्ड स्टेडियममा भएको खेलमा एन्टोनी मार्सल चम्किँदा म्यानचेस्टरले ३-० को सहज जित निकालेको हो।

घरेलु टोलीका लागि मार्सलले खेलको सातौं मिनेटमै अग्रता दिलाएका थिए। मार्कस रासफोर्डको पासमा गोल गर्दै उनले म्यानचेस्टरको खाता खोले। त्यस्तै उनैले ४४ औं मिनेटमा अर्को गोल थप्दा म्यानचेस्टर पहिलो हाफमा २-० ले अघि रह्यो। मार्सलले दोस्रो हाफमा पनि गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे। उनले खेलको ७४ औं मिनेटमा रासफोर्डको पासमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले ३-० को जित निकाल्यो।

त्यस्तै गएराति नै भएका अरु खेलहरुमा न्यु क्यासल र एस्टोन भिल्लाले १-१ को बराबरी खेल्दा एभर्टनले अंकतालिकाको पुछारमा रहेको नर्विचलाई १-० ले हरायो।

गएरातिको खेलमा जित निकालेसँगै म्यानचेस्टर युनाइटेड ४९ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै सेफिल्ड युनाइटेड ४४ अंकसहित आठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell