PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिनको अभाव



पहिलोपोस्ट

विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिनको अभाव

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लाग्दा बुधवार विश्व स्वास्थ्य संगठनले अक्सीजन कन्सेनट्रेटर (अक्सीजन दिने मेसिन) को अभाव बारे बताएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस ऐडहनाम गब्रीयसोसले पत्रकार सम्मेलनमा विश्वव्यापी अभावका बारेमा बोलेका हुन्।

उनले भने,’धेरै देश अब अक्सीजन कन्सेनट्रेटर (मेसिन) को कमीसँग जुँधिरहेका छन्। यस समय उक्त मेसिनको माग आपूर्तिभन्दा बढी भइरहेको छ।‘

हालसम्म ९४ लाख मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ लाख ८० हजारभन्दा बढी मानिसले संक्रमणकै कारण ज्यान गुमाइ सकेका छन्। जसका कारण दैनिक ८८ हजार अक्सिजन सिलिनडर र ६ लाख २० हजार लाख क्यूबिक मिटर अक्सिजन आवश्यक भइरहेको टेड्रोसले बताएको द गार्जियनमा जनाइएको छ।

‘संक्रमणमा भइरहेको वृद्धीका कारण अक्सिजन कन्सेनट्रेटरको अभाव भएको हो। संक्रमितमा सास प्रस्वासको समस्या देखिँदा यस मेसिनको प्रयोग हुन्छ’, उनले भने। उनका अनुसार विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद् गरेको छ र ती मेसिन आउँदो सातासम्ममा १ सय २० देशमा पठाइने छ।

विश्व स्वास्थ्य संगठनको आपात्कालीन समूहका प्रमुख डाक्टर माइक रियानले ल्याटिन अमेरिकी देशहरुमा बढ्दो संक्रमणले स्थिति भयावह बनाउन सक्छ। त्यहाँ संक्रमणकै कारण मर्नेको संख्या १ लाखभन्दा बढी भइसकेका छन्। केही देशमा अघिल्लो साताको तुलनामा यस साता २५ देखि ५० प्रतिशत संक्रमित बढेका छन्। उनले अमेरिकामा हालसम्म संक्रमणको ‘पिक अवस्था’ नआइसकेको दावी गरे। त्यसैले त्यहाँ संक्रमित र संक्रमणकै कारण मर्नेको संख्या खझै वृद्धी हुने उनको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell