PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

चीनमा फेरि देखिए कोरोना भाइरसको नयाँ संक्रमित, १३ जना बेइजिङका



पहिलोपोस्ट

चीनमा फेरि देखिए कोरोना भाइरसको नयाँ संक्रमित, १३ जना बेइजिङका

विहीवार चीनमा कोरोना भाइरस संक्रमणको नयाँ मामला देखिएका छन्। त्यहाँ थप १९ जनामा संक्रमण पुष्टि भएको हो जसमध्ये १३ जना बेइजिङका हुन्।

रोयटर्सले जनाए अनुसार नयाँ संक्रमितमध्ये ५ जना देश बाहिरबाट फर्किएका चिनिया नागरिक हुन्।

यसअघि संक्रमण मुक्त घोषित चीनमा हालसम्म ४ हजार ६ सय ३४ जना संक्रमितले ज्यान गुमाएका छन्। त्यस्तै यो महिना मात्र २ सय ४९ वटा संक्रमणका नयाँ केस देखिए। सर्वाधिक धेरै संक्रमित बेइजिङको होलसेल बजारका मानिस रहेका छन्। चीनमा अझै ट्रेसिङ र टेस्टिङ जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell