PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

महानगरले भूमिकर उठाउन तोक्यो काठमाडौं महानगरभित्र जग्गाको मूल्य, सबैभन्दा महँगो न्यूरोड, इन्द्रचोकको जग्गा



पहिलोपोस्ट

महानगरले भूमिकर उठाउन तोक्यो  काठमाडौं महानगरभित्र जग्गाको मूल्य, सबैभन्दा महँगो न्यूरोड, इन्द्रचोकको जग्गा

काठमाडौः काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मुल्य तोकेको छ।

महानगरले सडक र गल्लीहरुलाई आधार बनाएर जग्गाको मुल्य तोकको छ। सस्तोमा ४ लाख देखि महँगोम  ५० लाख रुपैयाँ आनासम्म मुल्य तोकिएको छ। सोही आधारमा भूमिकर उठाउने गरिन्छ। महानगरले तोकेको मूल्यभन्दा दोब्बर भन्दा बढी मूल्यमा जग्गा बिक्री हुन्छ।

सबैभन्दा सस्तो नजिकै बाटो नभएका विभिन्न स्थानहरुमा तोकिएको छ। सबैभन्दा महँगो हनुमानढोका पूर्व नयाँ सडक, पुरानो महानगरपालिका भवनको दक्षिणचोक जुद्धशमशेर सालिक, इन्द्रचोक, न्यूरोड, आरबी कम्लेक्स चोक, पुरानो महानगरपालिका भवन चोकसम्म पर्छ।

यस्तै न्यूरोड, खिचापोखरी, धरहराका दायाँबायाँ, रत्नपार्क,पुरानो बसपार्क, शहिदगेट, सुन्धाराचोक, सिंहदरबार, भद्रकाली मुलबाटोसंग जोडिएका जग्गा आनाको ५० लाख रुपैयाँ छ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरु,माइतीघर, सिहदरबार पश्चिमगेट पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार,  जय नेपाल, कान्तिपथ, जमल दरबारमार्ग, घण्टाघर, कमलादी मोडका दायाँबायाँका जग्गा महँगो मूल्य तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell