PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पाँच जना डाक्टरले हेरेको सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, भिसेरा रिपोर्ट आउन बाँकी



पहिलोपोस्ट

पाँच जना डाक्टरले हेरेको सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, भिसेरा रिपोर्ट आउन बाँकी

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छ।

मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्टमा सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ। ५ जना डाक्टरको टिमले रिपोर्ट हेरेर विश्लेषण गरेका थिए। रिपोर्टमा सुशान्तको मृत्युको कारण ‘Aspecia Due To Hanging’ भएको उल्लेख छ।

मुम्बई प्रहरीले अब भिसेरा रिपोर्ट पर्खिरहेको छ। मानिसको मृत्युपछि मृत्युको कारण पत्ता लगाउनका लागि शरीरका केही आन्तरिक अंगलाई सुरक्षित राखिन्छ। जसलाई भिसेरा भनिन्छ।

त्यसो त सुशान्तको मृत्युमा घाँटी थिचेर मारेको भन्ने प्रश्न पनि उठेका छन्। तर पोस्टमार्टम रिपोर्टले भने त्यस्तो देखाएको छैन। सुशान्तको शरीरमा कुनै पनि स्ट्रगलिंग मार्क्स पनि मिलेको छैन।

सुशान्त आत्महत्या प्रकरणमा उनसँग जोडिएका २३ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ। अझै अनुसन्धान जारी छ। सुशान्त ११ दिनअघि बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले डिप्रेशनका कारण आत्महत्या गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell