PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

भारतमा कोरोना : एकैदिन बढे १७ हजार संक्रमित, दिल्लीमा देशकै ठूलो अस्थायी अस्पताल बनाइँदै



पहिलोपोस्ट

भारतमा कोरोना : एकैदिन बढे १७ हजार संक्रमित, दिल्लीमा देशकै ठूलो अस्थायी अस्पताल बनाइँदै
Getty Images

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १७ हजार संक्रमणका नयाँ केस पुष्टि भए।

बुधवार दिल्लीमा मात्रै ३ हजार ७ सय ८८ नयाँ केस देखियो। अब त्यहाँ संक्रमितको संख्या ७० हजारभन्दा बढी भएको छ। दिल्लीमा परीक्षणको दायरा फराकिलो बनाएसँगै संक्रमितहरु थपिएका हुन्। एक सातामा एक लाख परीक्षण भएको बीबीसीले जनाएको छ। कुल ४ लाख परीक्षण भइसकेको छ।

सर्वाधिक प्रभावित दिल्लीमा देशकै ठूलो अस्थायी अस्पताल बन्दैछ। त्यहाँ १० हजार शय्या रहनेछन्। अस्पताल २२ वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा बनाइने छ।

भारतमा हालसम्म ४ लाख ७० हजार मानिसमा संक्रमण देखिएको छ भने १४ हजार ८ सय ९४ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell