PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रशिक्षणमा उत्रिए खेलाडी, 'त्यसै बस्दा छट्पटी थियो, धेरैपछि अभ्यास हुँदा खुसी लागिरहेको छ'

प्रशिक्षणमा उत्रिए खेलाडी, 'त्यसै बस्दा छट्पटी थियो, धेरैपछि अभ्यास हुँदा खुसी लागिरहेको छ'

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को परिसरमा बिहान ८ बज्दा नबज्दै ब्याटमिन्टनका खेलाडीहरु आइपुग्छन्। पाँच जना खेलाडी र कोरियन प्रशिक्षक आइपुगेपछि अभ्यास शुरु हुन्छ रंगशालाको छेवैमा रहेको कभर्ड हलमा।

हलमा अभ्यास शुरु भएसँगै खेलाडी असिनपसिन हुन्छन्। अनि प्रशिक्षकले स्यानिटाइजर ल्याएर दिन्छन्। समयसमयमा खेलाडी र प्रशिक्षकबीच भाषाको कारण कुराकानीमा समस्या भएजस्तो देखिन्छ। र, समाधान पनि भइहाल्छ।

ब्याडमिन्टनको जुनियरतर्फ विश्व वरीयतामा सातौं स्थानमा रहेका प्रिन्ससहितका खेलाडी लामो समयपछि अभ्यास गर्न पाउँदा मख्ख देखिन्छन्।

बिजित थापा मगर पुरानो बानेश्वरबाट बिहान ८ बजे राखेप पुग्छन्। लामो समयपछि अभ्यासमा फर्कँदा केही कठिन अनुभव भए पनि केही दिनको अभ्यासपछि सामान्य अवस्थामा फर्किइसकेको बताउँछन्। अहिले यही उपत्यकामा भएका खेलाडीहरुले अभ्यास गरिरहेको उनले बताए।

'झण्डै तीन महिना भएको थियो यसरी अभ्यास नगरेको। आइतवारबाट अभ्यासमा जान थालेका हौं। केही दिन त गाह्रै भयो नि,' विजितले आफ्नो संक्षेपमा आफ्नो अनुभव सुनाए।

त्यस्तै अनुभव छ शोभा गौतमको पनि। शोभा र विजित दुवै विभागीय एपीएफका खेलाडी हुन्। गौचन पनि लामो समयपछि अभ्यासमा फर्कन पाउँदा उत्साहित रहेको बताउँछिन्।

'लामो समय भइसकेको थियो। फिटनेसमा समस्या आउला कि भन्ने पनि डर थियो,' उनले भनिन्, 'त्यहाँ गएर अभ्यास गर्दा फरक परिहाल्छ। घरमा हुँदा राम्रो अभ्यास नै हुँदैन थियो।'

त्यस्तै नेपाली ब्याटमिन्टनमा चर्चित खेलाडी प्रिन्स दाहाल पनि अभ्यासमा फर्कन पाउँदा मख्ख देखिन्थे।

'लामो समय ट्रेनिङमा जान नपाउँदा छट्पटी छट्पटी भइरहेको थियो। ट्रेनिङमा जाँदा त रमाइलो भइहाल्यो नि,' उनले भने।  



ट्रेन्डिङ पोस्ट

Ncell