PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पाकिस्तानी कलाकारविरुद्ध भारतीय राजनीतिक दल, टि- सिरिजलाई हटाउन लगाइयो आतिफ असलामको गीत



पहिलोपोस्ट

पाकिस्तानी कलाकारविरुद्ध भारतीय राजनीतिक दल, टि- सिरिजलाई हटाउन लगाइयो आतिफ असलामको गीत

भारतीय म्युजिक कम्पनी टि- सिरिजले बुधवार आतिफ असलामको एक गीत कम्पनीको युट्यूबबाट हटायो। कारण पाकिस्तानी गायकविरुद्ध राजनीतिक दल लाग्नु।

महाराष्ट्र नवनिर्माण सेना नामक महाराष्ट्र राज्यको राजनीतिक दलले आतिफ असलामको स्वर रहेको गीत युट्यूबमा राखिनुको विरोध गरेको हो। गत वर्ष सार्वजनिक फिल्म 'मर्जावा'को 'किन्ना सोना' बोलको गीत हटाउन लगाइएको हो।

उक्त गीत गत शनिवार सार्वजनिक गरिएको थियो। लगत्तै महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष अमेया खोप्करले टि- सिरिजलाई पत्रमार्फत् गीत हटाउन चेतावनी दिएको थियो।

टि- सिरिजले आतिफको स्वर रहेको गीत एक कर्मचारीले गल्तीले अपलोड गरेको प्रष्टिकरण दियो। 'यस गल्तीका लागि हामी माफी चाहन्छौं' भन्दै टि- सिरिजले गीत हटायो। उक्त गीत पुन: रिलिज नगर्ने र पाकिस्तानी गायक/गायिकाको गीत प्रचार आफूहरुको उद्देश्य नरहेको समेत जनाइएको थियो।

गत वर्ष पुलवामामा भएको आतंकवादी हमलापछि महाराष्ट्र नवनिर्माण सेनाले संगीत निर्माण कम्पनीहरुलाई पाकिस्तानी कलाकारसँग काम नगर्न निर्देशन दिएको फस्टपोस्टले जनाएको छ

सन् २०१६ को उरी हमलापछि भारतमा पाकिस्तानी अभिनेता/अभिनेत्रीविरुद्ध पनि अभियान चलेको थियो। करण जोहरको 'ए दिल हे मुश्‍किल' प्रदर्शनमा झण्डै रोक लगाइएको थियो। कारण – फवाद खानको अभिनय रहनु। जोहरले आममाफी माग्दै आइन्दा पाकिस्तानी कलाकारसँग काम नगर्ने वचन दिएपछि मात्र फिल्म प्रदर्शन सम्भव भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell