PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

लागुऔषध कारोबारमा संलग्न भएको आशङ्कामा ललितपुर परिसरका प्रहरी निरीक्षक पक्राउ



पहिलोपोस्ट

लागुऔषध कारोबारमा संलग्न भएको आशङ्कामा ललितपुर परिसरका प्रहरी निरीक्षक पक्राउ

काठमाडौँः लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा एक प्रहरी निरीक्षक पक्राउ गरेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत रुद्र शाही पक्राउ परेका हुन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले निरीक्षक शाहीलाई लागु औषध कारोबारमा संलग्न भएको आशङ्कामा सोधपुछको लागि नियन्त्रणमा लिएको हो।' अहिले सोधपुच्छ हुँदै छ। लागु औषधि कारोबारमा संलग्न भएको आशङ्का छ।' परिसरका एक प्रहरी अधिकृतले भने।

ब्युरोको टोलीले बुधवार पेप्सीकोलाबाट लागु औषधी सहित एक जनालाई नियन्त्रणमा लिएको थियो। उनै व्यक्तिको बयानको आधारमा प्रहरीले निरीक्षक शाहीलाई पक्राउ गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell