PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमितको निधन, पाँच महिनाअघि गरिएको थियो मृगौला प्रत्यारोपण



पहिलोपोस्ट

पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमितको निधन, पाँच महिनाअघि गरिएको थियो मृगौला प्रत्यारोपण

काठमाडौं : बिहीवार पाटन अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। चितवनका ५० वर्षीय उनी ५ दिनअघि स्वास्थ्यमा समस्या देखिए पछि पाटन अस्पतालमा भर्ना भएका थिए। त्यहीं उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार हाल महालक्ष्मीस्थानमा बस्ने उनको पाँच महिनाअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

'बिरामी भएर अस्पताल भर्ना हुनुभएको थियो। परीक्षण गर्दा उहाँलाई कोरोना देखिएको थियो,'उनले भने।

ती पुरुषको आज विहान निधन भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell