PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सुदूरपश्चिममा क्वारेन्टाइनबाट घर पठाइएका १३९ जनामा संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा क्वारेन्टाइनबाट घर पठाइएका १३९ जनामा संक्रमण पुष्टि

धनगडी: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनहरुबाट घर पठाइएका २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन पछि २ साता यता क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर पठाइएका २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यो अवधिमा प्रदेशका ९ जिल्लाबाट ४१ हजार मानिस घर गएका छन्। यसरी संक्रमण पुष्टि भएकामा कैलालीका १३५, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको शिखर नगरपालिकाका १५, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell