PahiloPost

Nov 25, 2025 | १० मंसिर २०८२

दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



पी बी खड्का

दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुर्खेत : दैलेखमा झुण्डिएर आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। दुल्लु नगरपालिका१० गमौडीका २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जेठ ११ गते भारतबाट फर्किएका उनी १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी रिपोर्ट नेगेटिभ आएपछि जेठ २५ गते घर पुगेका थिए। घर गएको १६ दिन पछि असार ९ गते बेलुका झुण्डिएको अवस्थामा फेला परेका थिए।

मृतकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या ६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell