PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा



एम बम

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी निरीक्षक तथा एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ।

अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए। अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हानेको थियो। सोही क्रममा दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको बिष्टको भनाइ छ।

उनीहरुले जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै ५० हजार घुस लिएको अख्तियारको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell