PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोरोना संक्रमित महिलाले धौलागिरि अस्पतालको आइसोलेसन कक्षमै जन्माइन् शिशु



रासस

कोरोना संक्रमित महिलाले धौलागिरि अस्पतालको आइसोलेसन कक्षमै जन्माइन् शिशु

गलकोट : धौलागिरि अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत् कोरोना संक्रमित एक महिलाले छोरा जन्माएकी छन्।

ढोरपाटन नगरपालिका-८ की १९ वर्षीय महिलाले बिहीवार बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन्। धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेसन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन्।

धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो।

हालसम्म बाग्लुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell