PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

डडेल्धुरामा आरडीटी नेगेटिभ आएर घर पठाइएका एक जनाको मृत्यु, पीसीआर परीक्षणबिना गरियो दाहसंस्कार



पहिलोपोस्ट

डडेल्धुरामा आरडीटी नेगेटिभ आएर घर पठाइएका एक जनाको मृत्यु, पीसीआर परीक्षणबिना गरियो दाहसंस्कार

कैलाली : डडेल्धुरामा आरटीडी नेगेटिभ आएपछि घर पठाइएका एक जनाको मृत्यु भएको छ। भारतबाट फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछि घर गएका अजयमेरु गाउँपालिका ५ का २६ वर्षीय युवकको मृत्यु भएको हो।

जेठ ९ गते भारतबाट आएका उनको गएराति घरमा मृत्यु भएको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हिक्मत खडायतले बताए।

‘गाउँपालिको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि ऊनीसँगै आएका १९ जनाको आरडीटी जाँच गरेका थियौँ’, उनले भने, ‘आरडिटी रिर्पोट नेगेटिभ आएपछि उनलाई घर पठाएको र उनको घरमै मृत्यु भएको हो।’

उनको स्थानीयले परम्परागत रूपमा दाहसंस्कार गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell